१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बीरेन्द्रनगरमा बन्दैछ सुविधा सम्पन्न बसपार्क

सुर्खेत, जेठ ३० । सुर्खेतको बीरेन्द्रनगरमा सुविधा सम्पन्न सिटी बसपार्क निर्माणको कामले तिव्रता लिएको छ । बसपार्कका लागि आधारभूत संरचना निर्माणको कार्य भइरहेको बीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले ६ करोड ८२ लाख रुपैयाँको लागतमा बसपार्क निर्माण कार्य भइरहेको जानकारी दिए । उनले बसपार्क निर्माणले जिल्लाकै विकासमा थप योगदान गर्ने बताए…