काठमाडौं, माघ २३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने गर्न खोजिएको हो कि भन्दै आशंका गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाका सम्बन्धमा मुख खोल्दै आफूले असहज महशूस गरेको प्रतिक्रिया दिएका हुन् । उनले आफू कालकूट विष…