काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने व्यवस्थामा जोड दिएर आफ्नो पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको बताउनुभएको हो । घोषणा पत्रमा प्रतिनिधि सभा पूर्ण सभानुपातिक हुनुपर्ने र सरकारमा…