काठमाडौं । अष्ट्रेलिया जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज (सोमबार) नेपालले आफ्नो तेस्रो खेल अष्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ । डार्विनस्थित टीआईओ स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने मेलबर्न स्टार्सको कप्तानी बिग ब्यास लिग (बीबीएल)को अनुभव…