काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि दुवै पक्षले पदाधिकारीका उम्मेदवार अन्तिम टुंगो लगाएका छन्। संस्थापन पक्षबाट केपी शर्मा ओली अध्यक्षका उम्मेदवार बन्ने निश्चित भएसँगै इतर समूहबाट ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तय भएको छ। महासचिव पदमा संस्थापन पक्षबाट शंकर पोखरेल उम्मेदवार चयन भएका छन् भने इतर समूहबाट सुरेन्द्र पाण्डे मैदानमा उत्रिने भएका छन्। सुरुवातमा संस्थापन…