दिपेन्द्र अधिकारीकाठमाडौं । १५ वर्षदेखि श्रमको उचित ज्यालाको माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिए । धेरै पटक अन्तिम आन्दोलन भने पनि न्याय नपाएको भन्दै उनीहरूले फेरि पनि आन्दोलनकै बाटो रोजेका छन् । उता विश्वविद्यालय भने जहिले पनि माग सम्बोधनको प्रक्रियामा रहेको ‘रेडिमेट’ जवाफ दिन्छ । पटक–पटक अन्तिम संघर्ष भन्दै श्रमको उचित ज्याला तथा…