काठमाडौं । बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताउनुभएको छ । नेपाल औषधि व्यवसायी संघ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानून बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको…