काठमाडौं । कोभिड संक्रमणको दोस्रो लहरको चपेटामा परेको नेपालको सहयोगको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चासो देखाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ । शुक्रबार नियमित प्रेस व्रिफिङमा बोल्दै गेब्रेयससले भारत लगायत नेपाल, थाइल्यान्ड, इजिप्ट भियतनाम र क्याम्बोडिया जस्ता देशहरूमा पनि सङ्क्रमणको…