काठमाडौं । आज मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ । नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ । यसैगरि आज नेवार समुदायमा…