चितवन । रामनवमीको अवसरमा बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार बिहान हस्तान्तरण भएको मूर्तिलाई देवघाट ल्याइएको हो । देवघाट पुर्याउनुअघि दासढुङ्गामा सांसदहरू कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी…