बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन सम्पन्न भएकाे छ । साेही बैतडीका ३ वटै क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्लिन स्वीप गरेको हाे । पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिकी उम्मेदवार भागरथी भट्ट विजयी हुनुभएकाे छ । भट्टले ८९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका निरन्जन पन्तले ७४…