काठमाडाैं । राज्य पुनःसंरचना अनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहले हेर्ने व्यवस्था भएपनि एक विद्यालयमा चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा विसं २०७६ देखि नै विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । केन्द्र र स्थानीय तहले बनाएका शिक्षा ऐन र नियमावलीमा भएको…