काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताउनुभएको छ । जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा ढिलाई गरिरहेका बेला सचिव सुवेदीले पाठ्यपुस्तक छपाईमा जनक शिक्षा सामग्री केन्द्रको क्षमता बढाउनुपर्ने बताउनुभयो । बैठकमा सांसदहरुले निजी क्षेत्रलाई दिएर भएपनि विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यालयहरुमा उपलब्ध…