काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका…