काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले बसन्तपुर डबलीमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताउनुभएको छ । मंगलबार संरचना अवलोकन गर्दै उहाँले विश्व सम्पदा हनुमानढोका क्षेत्रमा कंक्रिटको संरचना बनाउन नहुने भन्दै संरचना भत्काउनुपर्ने बताउनुभयो । उपमेयर खड्गीले सल्लाह नगरी मेयरले मनपरी गरेको र आफुलाई समेत जानकारी नभएको भन्दै उहाँले यो कार्य गलत भएको दाबी गर्नुभयो ।…