काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । आज (आइतबार) गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन…