काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलबारबाट सुरू भएको छ । मंगलबार बिहान १० बजेर ४० मिनेटको साइतमा बसन्तपुरमा ध्वजारोहण गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा पत्रकार सम्मेलन गरी सो पर्वको शुभारम्भ मंगलबारदेखि सुरू हुने जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन…