ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ९ ज्यामिरेमा रहेको खोदम्पा मगर सेवा समाजले सामाजिक काम गर्ने उद्देश्यले देउसी खेलेको छ । ४२ वर्ष अघिदेखि देउसी खेलिरहेको समाजले यसवर्ष गाउँमा रहेको निर्माणाधीन खेलमैदान पूरा गर्ने उद्देश्यले देउसी खेलेको हो । यसअघि देउसी खेलेर जुटेको रकमबाट विपन्नलाई घर, पोल्ट्रिक सेट स्थापना, समस्यामा परेकाहरुलाई उपचारमा सहयोग, कुवा मर्मत, सांस्कृतिक…