काठमाडौं । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन् । महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए । मटकोरको क्रममा गंगासागरको डीलमा भजनकिर्तनको कार्यक्रम समेत राखिएको थियो । जानकीको प्रतिकको रुपमा रहेकी…