काठमाडौं । नेवार समुदायको सांस्कृति पहिचानको महत्वपूर्ण पक्ष लाखे पनि हो । हेर्दा डरलाग्दो देखिने लाखेलाई राक्षस वा दैत्यको रूपमा पनि प्रस्तुत गर्ने गरेको पनि पाइन्छ । समाज, समुदाय र बालबालिकालाई भूत प्रेतबाट जोगाउने शक्तिशाली देवताको रुपमा समेत पुजिने लाखेनाच विभिन्न थरीका छन् । त्यसै मध्यको मजिपात लाखेनाच भने इन्द्रजात्राको अवसरमा मात्रै नचाउने गरिन्छ ।…