काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्मावलम्बीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् । काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्बीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट…