काठमाडौं । आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट…