कञ्चनपुर । कैलाली र कञ्चनपुरका राना थारु समुदायले धुमधामका साथ तीज मनाएका छन् । हिन्दु धर्मावलम्वीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन भए पनि रानाथारु समुदायमा भने श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिन्छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । दाजुभाइले…