
वाइन्सटिनको कम्पनिले निर्माण गरेको ८१ ओटा चलचित्रहरुलाई ओस्कार दिएको ‘युएस एकेडेमी’ले गत शनिबार उनीमाथि ‘यौन दुर्व्यवहार’को आरोप लागेपछि उनको भुमिका अब के हुने भन्नेबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका हुन् ।
पाँच सन्तानका बाबु ६५ वर्षीय वाइन्सटिन ओस्कार विजेता निर्माता हुन् ।
हलिउडमा सफल मानिएका उनले महिला अभिनेत्री तथा मोडलहरुलाई ‘यौन दुर्व्यवहार’ गरेको आरोप लागेपछि उनी र उनका भाई मिलेर निर्माण गरेको कम्पनिबाट निलम्वित भएका छन् । त्यस्तै, ‘ब्रिटिश एकेडेमी अफ फिल्म’ (बाफ्टा)ले समेत उनको सदस्यता निलम्बन गरेको छ ।
दशकौंसम्म चुपचाप रहेकोे ‘यौन दुर्व्यवहार’को आरोपबारे पहिलोपटक मुख खोल्ने अभिनेत्री यास्ली जड हुन् । उनले वाइन्सटिनविरुद्ध आरोप लगाएपछि ब्रिटेनकी अभिनेतृ तथा मोडल कारा डेलिभिनलले आफूमाथी वाइन्सटिनले यौन दुव्र्यवहार गरेकोले आफूले एकदमै शक्तिहीन महसुस गरेको बताएकी छन् ।
अभिनेतृ तथा मोडल डेलिभिनलले विज्ञप्ति नै निकालेर आफूले होटलको कोठा छोड्न लाग्दा वाइन्सटिनले जर्वजस्ती चुम्बन गर्ने प्रयास गरेको बताएकी छन् ।
‘बीबीसी‘का अनुसार बुधबार एकजना अमेरिकी महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएकी छन् भने इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् । तर, म्यानह्याटनको महान्यायाधिवक्ताको कार्यालयले उजुरीकर्ताले दिएको प्रमाण अपराध प्रमाणित गर्नका लागि पर्याप्त नभएको बताएको छ ।
यतिखेर हलिउड चलचित्र यद्योग ‘वाइन्सटिन कान्ड’ले तातेको छ ।
‘वाइन्सटिन कान्ड’बारे अमेरिकी पुर्व राष्ट्रपति बराक ओवामा, एन्जेलिना जोली र गुइनथ प्याल्ट्रोलगायतले बोलेका छन् ।
वाइन्सटिनले भने आफूमाथि लागेको अभियोगहरु झुठो भएको बताउँदै त्यसको कडा रुपमा प्रतिवाद गरेका छन् । उनले भने, ‘म माथी लागेको अभियोगको कानुनी उपचार खोज्नेछु ।’
वाइन्सटिनमाथी अभियोग दर्ता भएपछि न्यूयोर्कका प्रहरीहरुले अभियोगबारे अनुसन्धान अगाडी बढाएका छन् । तर प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन् । वाइन्सटिनले गरेको ‘यौन दुर्व्यवहार’ सतहमा आएपछि गत मंगलबार नै उनकी श्रीमतिले उनलाई छोड्न लागेको ‘द न्यू योर्कर’ पत्रिकाले उल्लेख गरेको छ ।
सन् १९७० मा वाइन्सटिन दाजुभाईले मिलेर निर्माण गरेको कम्पनि ‘मिराम्याक्स’ वर्ल्ड डिज्नेलाई बेचेर पछि वाइन्सटिन कम्पनी खोलेर थुप्रै चर्चीत हलिउड चलचित्र निर्माण गरेका थिए । डेमोक्रेटिक पार्टीका प्रमुख चन्दादाता वाइन्सटिन अमेरिकन राजनीतिमा प्रभावशाली ब्यक्तित्व मानिन्छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्