
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको पहलमा बिहीबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले मतदाता, निर्वाचन सामग्री र कर्मचारीलगायत सम्पूर्ण प्रक्रियाको सुरक्षा प्रत्याभूति दिलाउन सुरक्षा अधिकारीहरुसँग आग्रह गरेका थिए ।
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउने र सुरक्षा प्रत्याभूति दिने काम सरकारको भएको भन्दै निर्वाचन आयोगले सुझावमात्र दिने बताए ।
छलफलमा गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको सुरक्षा अधिकारीको प्रतिनिधिमन्डलले निर्वाचन सुरक्षाको योजना तयार भइसकेको र अघिल्ला निर्वाचनजस्तै सुरक्षामा कुनै सम्झौता नहुने बताएका थिए ।
स्रोतका अनुसार निर्वाचन आयोगले आगामी निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मीको व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्