२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेमा मधेस समता पार्टी समाहित, सीमारक्षक देवनारायण यादव एमालेमा प्रवेश


0
Shares

बिहीबार एमाले संसदीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा समता पार्टी समाहित भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समता पार्टीका अध्यक्ष मेघराज नेपालीलाई टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेको देशप्रति देखाएको सद्भावका कारण प्रवेश गर्नेको लहर छाएको बताए ।

तोकिएको समयमा निर्वाचन हुने ठोकवा गर्दै ओलीले सबै जनताको प्रिय पार्टी एमाले भएको धारणा राखे ।

कम्युनिष्टले नै देश बनाउने भन्दै उनले भने–‘कम्युनिष्ट भनेको सत्य र निष्ठामा चल्नु पर्दछ । कम्युनिष्ट नै देश बनाउनेछन् ।’

अध्यक्ष ओलीले मधेसी जनताको अधिकार कटौती गर्ने पार्टी मधेसवादी नभएको जिकिर गर्दै मधेसको विकास र समृद्धि गर्ने पार्टी एमाले मधेसविरोध नभएको दाबी गरे ।

उनले एमाले नेताको हुकुमले नभइ विधि र नीतिबाट चल्ने पार्टी भएको बताउँदै समाहित भएकालाई पार्टीले उचित जिम्मेवारी दिने धारणा राखे ।

कार्यक्रममा समता पार्टीका अध्यक्ष नेपालीले एमालेको राष्ट्रप्रति लिएको सही अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताए ।

सोही कार्यक्रममा सीमारक्षक देवनारायण यादवसमेत एमालेमा प्रवेश गरेका थिए ।