३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


चिकित्सा शिक्षा विधेयक पास गराउन डा. केसीको आह्वान


0
Shares

बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमै पत्रकार सम्मेलन गरी उनले सभामुख ओसनरी घर्तीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर भएपनि शुक्रबार (भोलि) नै उक्त विधेयक पारित गराउन आग्रह गरे ।

सरकारले माथेमा प्रतिवेदनअनुसारको विधेयक व्यवस्थापिका–संसदमा पेस गरेको छ । तर, उक्त विधेयक अघि बढ्न भने सकेको छैन ।

डा. केसीले माफिया पक्षधर केही समूहहरुले विधेयकको विरोध गरेको भन्दै आफू भावी सन्ततिका लागि बारम्बार अनशनमा बसेको बताए ।

वर्तमान संसद बैठकको अवधि सकिनु अघिल्लो दिन डा. केसीले चिकित्सा शिक्षा विधेयक जसरीपनि पारित गर्न सरोकारवालाहरुलाई आह्वान गरेका हुन् ।