११ असार २०८२, बुधबार | Wed Jun 25 2025


राजपा कन्चनपुरद्वारा उम्मेदवार सिफारिस


0
Shares

पार्टीको प्रदेश नम्बर–७ को बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि पल्टु राना, निर्वाचन क्षेत्र नम्बर–२ बाट सामानुपातिकतर्फ प्रेमवती राना, निर्वाचन क्षेत्र नम्बर–३ बाट सामानुपातिकतर्फतर्फ अम्वादत्त तिवारीलाई उम्मेदवारकारुपमा सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ पर्शुराम बडायक, लछु राना, रामप्रसाद चौरीलाई सिफारिस गरेको प्रदेश नम्बर–७ का पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले जानकारी दिए ।

उनकाअनुसार सोही निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ केशवबहादुर बडायक, कुकरा राना, सारदा राना, राम किसन रानालाई सिफारिस गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रदेशसभाका लागि माया चौधरी र रामेशवाल रानालाई बैठकले उम्मेदवारकारुपमा सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रदेशसभाका लागि लोकराज भट्टलाई सिफारिस गरिएको छ ।

‘अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको छिट्टै टुंगो लगाउँदै छौं’–प्रवक्ता तिवारीले भने ।

कन्चनपुरमा प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि ६ ओटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । रासस