२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


विकासले गति लिएको छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीमैत्री वातावरणका लागि सरकार तयार रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ६८औं वार्षिक साधारणसभा तथा चेम्बर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिगत व्याहारिक सुधारका लागि निजी क्षेत्रसँगै अगाडि बढ्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले व्यावसायिक वातावरण तयार गरी लगानी प्रवद्र्धनका लागि कानुनी र व्यावहारिक पक्षको सुधारका लागि सरकार तयार रहेको बताए ।

उनले व्यवसायीलाई कर तिर्ने वातावरण सरकारले बनाउने भन्दै निजी क्षेत्रसँगको छलफलबाटै कानुन निर्माण तथा संशोधन गर्नसकिने उल्लेख गरे ।

मुलुकमा विकासले गति लिएको भन्दै प्रधानमन्त्री ओलीले ‘एक दिनमा एक पाइला अघि बढेको’ जिकिर गरे ।

उनले संघीयता कार्यान्वयनको सुरुआती चरणमा केही जटिलता देखिएको स्वीकार गरे ।

संसदमा आइतबार आफूले गरेको सम्बोधनकाक्रममा प्रस्तुत् तथ्यांकबारे प्रश्न उठेपछि त्यसको बचाउ गर्दै ओलीले असहमति जनाउने आधार नै नभएको दाबी गरे ।

अबको तीन वर्षमा नेपाललाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति गर्ने भन्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीमैत्री वातावरण भए आर्थिक विकासले गति लिने बताए ।

आर्थिक समृद्धिको मूल आधार निजी क्षेत्र भएकाले स्थानीय र प्रदेश सरकारमा लगाइएको करका कारण बनेको असहज परिस्थितिको पनि अन्त्य गर्न गरे ।

अध्यक्ष श्रेष्ठले सरकारले करभन्दा पनि करको दायरा बढाए आफूहरुलाई सहज हुने बताए ।

कार्यक्रममा मिस नेपाल शृंखला खतिवडा, बडीबिल्डर महेश्वर महर्जनलगायतलाई सम्मान गरिएको थियो ।