१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


अमेरिका बाहिरिएलगत्तै इजरायल पनि बाहिरियो युनेस्कोबाट


0
Shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् ।

यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै त्यसबाट हटेको थियो । अमेरिकाले युनेस्कोलाई पक्षपाती भएको आरोप लगाएको थियो ।

उसले युनेस्को आर्थिक बोझ भएकाले यसमा सुधार गर्नुपर्ने बताएको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूले विज्ञप्ति जारी गर्दै अमेरिकाको यो निर्णयलाई ‘बहादुर’ र ‘नैतिकता’का संज्ञा दिएका थिए ।

युनेस्कोले विश्वभरका सम्पदा सूचीको पहिचान गर्दै आएको छ । (एजेन्सी)