११ असार २०८२, बुधबार | Wed Jun 25 2025


प्रदेश नम्बर ५ मा बढ्यो चुनावी सरगर्मी, शीर्ष तहका यी नेताहरु भिड्दै (भिडियो)


0
Shares

प्रदेश सिमांकनको विषयले राष्ट्रिय राजनीतिलाई नै तानेको प्रदेश नम्बर पाँचमा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेता चुनावी मैदानमा उत्रिँदै छन् ।

कांग्रेसका केन्द्रीय नेताहरु बालकृष्ण खाँण रुपन्देहीबाट, चन्द्र भण्डारी गुल्मीबाट, दिपक गीरी दाङबाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा बर्दियाबाट प्रतिनिधिसभाको चुनावका लागि सिफारिसमा परेका छन् ।

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली दाङ, उपमहासचिव विष्णु पौडेल रुपन्देही तथा सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मी र स्थायी समिति सदस्य शंकर पोखरेल दाङबाट चुनाव लड्दैछन् ।

यस्तै माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङ, गृहमन्त्री समेत रहेका जनार्दन शर्मा रुकुम र अर्का नेता वर्षमान पुन रोल्पाबाट तथा टोपबहादुर रायमाझी अर्घाखाचीबाट चुनावी मैदानमा उत्रिँदै छन् । एमाले र माओवादीलाई गठबन्धन मिलाउन हम्मेहम्मे परेकाले अन्य कयौं नेता चुनाव लड्नबाट बन्चित हुने देखिएको छ ।

त्यस्तै राजपा नेपाल र राप्रपाका शीर्ष तहका नेता पनि यसै प्रदेशबाट चुनाव लड्दै छन् ।

सिफारिशमा परेकाहरु टिकटका लागि नेताको वरिपरि र मतदाताको घरदैलो लाग्न थालेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्