
निर्वाचन आयोगद्वारा शुक्रबार आयोगमा आयोजित छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तोकिएकै मितिमा हुनेमा आवश्वस्त हुन आग्रह गरे ।
छलफलपछि बोल्दै वाम गठबन्धनका सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गठबन्धन प्रतिबद्ध रहेको बताए ।
उनले राज्यशक्तिको आडमा सरकारमा सहभागी दलहरुले आचारसंहिता उल्लंघन गर्ने विषयमासमेत ध्यानाकर्षण गराइएको बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
यस्तै, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता पालनामा आफ्नो पार्टी पूर्णप्रतिबद्ध रहेको बताए ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सन्चारकर्मीहरुसँग कुरा गर्दै दलहरुको प्रतिबद्धताले तोकिएको कार्यतालिकामा निस्पक्ष ढंगबाट निर्वाचन सम्पन्न हुनेमा आश्वस्त पारेको बताए ।
प्रतिक्रिया दिनुहोस्