उत्पादन मिति २०१८ जनवरी, बजारमा भेटियो अहिल्यै • Image Khabar Image Khabar


उत्पादन मिति २०१८ जनवरी, बजारमा भेटियो अहिल्यै


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १५:५७

उत्पादन मिति २०१८ जनवरी, बजारमा भेटियो अहिल्यै

शुक्रबार बजार अनुगमनकाक्रममा एचएमएन फुड एन्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड, झापाद्वारा उत्पादित ‘तृष्णा’ नाम गरेको पिउनेपानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्पादक कम्पनीलाई कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई पानीको नमुनासहित पत्रचार गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले तीन महिना बढी समय बाँकी छँदै उत्पादन भएको पानीका बोतल बिक्री–वितरणमा आउनु ठूलो समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्