
प्रधानमन्त्रीका तर्फबाट ‘कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।
विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ ।
बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले पेस गरेको सो विधेयकमाथि काफ्ले, धनीराम पौडेल, लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले १४ ओटा संशोधन प्रस्ताव राख्दै राष्ट्रभाषाको स्पस्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने बताए ।
सभामुखले संसदको चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहेका सांसदको नामावली पढेर सुनाइन् ।
अनुपस्थित रहने सांसदमा रामकुमार सुब्बा (३१ पटक), दुर्गा पौडेल (२८ पटक), डा. बाबुराम पोखरेल (२७ पटक) र सूर्यकुमार शिवाकोटी (१९ पटक)लगायत छन् ।
संसदको अर्काे (अन्तिम) बैठक यही असोज २८ गते अपराह्न ३ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्