१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर) • Image Khabar Image Khabar


१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार २१:०८

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

ईमेज च्यानलले दुई दशकदेखि वार्षिकरुपमा आयोजना गर्दै आएकोे सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो उत्सव ईमेज अवार्डको १९औं संस्करण शुक्रबार सम्पन्न भएको हो ।

होटल सोल्टीमा आयोजित भव्य समारोहकाबीच लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ सर्जक दीपक जंगमलाई सम्मान गरियो ।

सम्मान ग्रहण गर्दै सर्जक जंगमले अवार्डले आफूलाई जीवनपर्यन्त साधनामा लागिरहन प्रेरणा दिएको धारणा राखे ।

समारोहमा सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड ‘पुरानो डुंगा’बाट ‘निर जहिले रिसाउने’लाई प्रदान गरियो भने सर्वोत्कृष्ट गीतको सम्मान ‘साइँली चालिस कटेसी’का लागि हेमन्त रानालाई प्रदान गरियो ।

यस्तै, युगलगायनतर्पmको अवार्ड मारकसु दास र मेलिना राइलाई प्रदान गरिएको छ ।

त्यसैगरी, सर्वोत्कृष्ट एल्बमको अवार्ड सुरजकुमार थापाको ‘क्यानभास’ले प्राप्त गरेको छ ।

त्यसैगरी, सर्वोत्कृष्ट गीतरचनामा शीतल कादम्बिनीको ‘चिसो सहर’, उत्कृष्ट संगीतको अवार्ड हरि लम्सालको ‘आज फेरि’, सर्वोकृष्ट नवकलाकारको सम्मान सुरेश लामा, सर्वोत्कृष्ट राष्ट्रिय भावानाको गीतको अवार्ड कर्णदासको ‘हाम्रो नेपाल’लाई प्रदान गरियो ।

यस्तै, सर्वोत्कृष्ट संगीत संयोजनमा गोपाल रसाइलीको ‘तस्वीर तिम्रो’ पुरस्कृत भएको छ ।

सर्वोत्कृष्ट गीतमुद्रणमा श्यामश्वेत रसाइलीको ‘कुटुमा कुटु’ पुरस्कृत भएको छ ।

यसैगरी, सर्वोत्कृष्ट लोकगायनको अवार्ड पशुपति शर्माको ‘आमा’ र सर्वोत्कृष्ट दोहोरी एल्बमको अवार्ड कृष्ण रेउलेको ‘आज गाउँमा’ एल्बमले प्राप्त गरेको छ ।

यस्तै, सर्वोत्कृष्ट लोकगीत संकलनको सम्मान खड्ग गर्बुजाले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट दोहोरीगीतको सम्मान राजन गुरुङको ‘उही खोलीको पानी’ले प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट म्युजिक भिडियोको सम्मान ‘म हारें’ गीतका लागि जीवन थापा र सर्वोत्कृष्ट म्युजिक भिडियो क्यामेराम्यानको अवार्ड ‘मनको दाग’का लागि धीरजजंग शाहलाई प्रदान गरियो ।

त्यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको सम्मान ‘तिलहरी’का लागि निकेश खड्काले प्राप्त गरे भने सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘साइँली’का लागि जीएच इन्टरटेनमेन्टले प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड कर्माग्यालेञ्जेन बम्जन र सर्वोत्कृष्ट गायन महिलाको अवार्ड अञ्जु पन्तलाई प्रदान गरियो ।

त्यसैगरी, सर्वोत्कृष्ट पपगीत पुरुषतर्फ ‘अइयो रइयो’का लागि धर्मेन्द्र सेवान र सर्वोत्कृष्ट पपगीत महिलाको अवार्ड ‘तिम्रो र मेरो सम्बन्ध’का लागि सोना अमात्यलाई प्रदान गरियो ।

एसएमएस भोटिङको आधारमा छनोट गरिने पब्लिक च्वाइस अवार्ड भने ‘साइँली’का लागि हेमन्त रानाले प्राप्त गरे ।

२०७३ साल असार १ गतेदेखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भएका सिर्जना मध्येबाट २३ ओटा विधाका उत्कृष्ट पाँचमा पर्न सफल सिर्जना र सर्जकमध्ये प्रत्येक विधाका सर्वोत्कृष्ट एकलाई निर्णायक मन्डलको निर्णयका आधारमा अवार्ड वितरण गरिएको हो ।

शुक्रबार अपराह्न ४ बजेदेखि भएको कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

१९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर) १९औं टुबोर्ग ईमेज अवार्ड सम्पन्न, यी हुन् विजेता (११ तस्वीर)

प्रतिक्रिया दिनुहोस्