लाङटाङ पदमार्गमा पर्यटकको चहलपहल, भूकम्पको त्रास हरायो (भिडियो) • Image Khabar Image Khabar


लाङटाङ पदमार्गमा पर्यटकको चहलपहल, भूकम्पको त्रास हरायो (भिडियो)


Imagekhabar
२८ आश्विन २०७४, शनिबार ०९:४३

लाङटाङ पदमार्गमा पर्यटकको चहलपहल, भूकम्पको त्रास हरायो (भिडियो)

पदमार्ग मर्मत र पुल निर्माणसँगै पर्यटकलाई आवतजावत गर्न सजिलो भएपछि पर्यटकको घुईँचो लाग्न थालेको हो ।

२०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछि पर्यटकीय गतिविधि ठप्प भएको रसुवाको लाङटाङ नगरीमा हिजोआज पर्यटकको चहलपहल बाक्लिएको छ ।

जर्मन अल्पाईन क्लबको सहयोगमा ट्रेकीङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले त्यसक्षेत्रमा बाटो निर्माण, पहिरो नियन्त्रण र पुल निर्माणको काम सकेपछि त्यस क्षेत्रमा पर्यटक जान थालेका हुन् ।

पदमार्ग निर्माण, पहिरो नियन्त्रण र पुल निर्माणका लागि १ करोड २७ लाख रुपैयाँ खर्च भएको टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले बताए ।

सवैभन्दा लामो पद मार्ग शेर्पागाउँदेखि घोडातबेलासम्मको भागमा सिँढी निर्माणसँगै पहिरो गएको ठाउँमा ग्याबिन राख्ने काम भएको छ ।

त्यसैगरी लाङटाङ उपत्यकाको घोडा तबेलादेखि क्यानजिनगुम्बा पहिरोबाट छोपिएका कारण पहिरो हटाई पदमार्ग खोल्ने काम भएको छ ।

त्यसैगरी घोडातबेलाबीचको भागमा ३२ मिटर लामो ट्रेलस ट्रसबीज निर्माण गरिएको छ ।

टानका सदस्य सूर्य घिमिरेले नेपालकै मनमोहक र सुन्दर नगरी लाङटाङ क्षेत्रमा अहिले बाह्य मात्र हैन आन्तरिक पर्यटनसमेत वृद्धि भएको बताए ।

पदमार्ग निर्माणपछि त्यसक्षेत्रमा खाद्यान्न आपूर्ति गर्न सहज भएको छ भने स्थानीय स्तरमा होटल, लज खुल्न थालेका छन् । त्यहाँबाट विस्थापित कार्यालय पनि पुनस्र्थापना हुन थालेका छन् ।

पुल र पदमार्ग निमार्णबाट लाङटाङको पर्यटन गतिबिधिलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेको टानले जनाएको छ ।

पदमार्ग निमार्णसँगै स्थानीयले पहिरो नियन्त्रणको दीर्घकालीन योजना, खानेपानी, सर्वसुलभ, होटल, चौतारा र बीचबीचमा शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।

जसले लाङटाङ घुम्न जाने पर्यटकलाई सहज हुने विश्वास उनीहरुको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

प्रतिक्रिया दिनुहोस्