राहुल गान्धी भारतीय कँग्रेस पार्टीको प्रमुख बन्ने • Image Khabar Image Khabar


राहुल गान्धी भारतीय कँग्रेस पार्टीको प्रमुख बन्ने


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १४:२७

राहुल गान्धी भारतीय कँग्रेस पार्टीको प्रमुख बन्ने

‘राहुल कहिले पार्टीको प्रमुख बन्नुहुन्छ भनेर तपाँईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछन्,’ सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भनिन् ।
उनले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिएकी हुन् ।

सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिन् भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।

राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष रहेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्