सहकारीलाई प्राथमिकता : मेयर शाक्य • Image Khabar Image Khabar


सहकारीलाई प्राथमिकता : मेयर शाक्य


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १५:०२

सहकारीलाई प्राथमिकता : मेयर शाक्य

काठमाडौंको गणबालमा रहेको भिनस बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा शनिबार उनले सहकारीको माध्यमबाट स्थानीयस्तरको विकास चाँडै हुने भएकाले महानगरपालिकालेसमेत सहकारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

मेयर शाक्यले सहकारी पनि स्थानीय सरकारअन्तर्गत् भएकाले स्थानीय बासिन्दालाई सहकारी अभियानमा लाग्दै देश विकासमा अघि बढ्न आग्रहसमेत गरे ।

साधारणसभामा संस्थाको तर्फबाट सन्चालक समितिले मेयर शाक्यलाई शुभकामनासहित सम्मानित गरेको थियो ।

गत वर्षमात्र एकीकरण भएको यो संस्थाले यस वर्ष मुनाफा कमाउन सफल भएको जनाइएको छ ।

संस्थाको कार्यक्षेत्र काठमाडौं महानगरपालिकालगायत अरु नगरपालिका रहेका संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्