
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार संसदीय समितिमा सदस्य थप गरेको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
समितिमा पार्टीका नेताहरु डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, एनपी साउद र मीन विश्वकर्मा चयन भएका छन् ।
यसअघि, पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्