
पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ ।
ब्यानरमा भ्रष्टाचारविरोधी नारा लेखिएको छ ।
सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य गुरु बरालले ब्यानर टाँसेर अभियानको सुरुआत गरे ।
पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकसँगै क्याम्पस गेटअगाडि टाँसिने नेविसंघले जनाएको छ ।
अभियान पोखराको पीएन क्याम्पसबाट सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्