
संसदको शनिबार अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले संसदको कार्यकालभरिमा ६६६ दिन बैठक बसेको र यसबीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी गराइन् ।
सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएकामा उनले खुसी व्यक्त गरिन् ।
कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उनले ‘सरकारसँग प्रश्नोत्तर’ कार्यक्रम, संसदको आफ्नो भवन बनाउने, सांसदका लागि आवास बनाउनेलगायतका कार्य गर्न भने बाँकी रहेको र त्यसले आगामी दिनमा पूर्णता पाउने अपेक्षा गरिन् ।
कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सभामुख घर्तीले संसदको अन्तिम बैठक स्थगित भएको घोषणा गरिन् ।
नयाँ संविधानअनुसार संसदको नयाँ निर्वाचनका लागि आइतबार (भोलि) मनोनयन सुरु हुने भएकाले व्यवस्थापिका—संसदको कार्यावधि शनिबार (आज) राति १२ः०० बजे अन्त्य हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्