च्याङ्ग्रा पश्मिनाको नाममा ४७ देशमा ट्रेडमार्क दर्ताः संघ • Image Khabar Image Khabar


च्याङ्ग्रा पश्मिनाको नाममा ४७ देशमा ट्रेडमार्क दर्ताः संघ


Imagekhabar
२८ आश्विन २०७४, शनिबार २०:२७

च्याङ्ग्रा पश्मिनाको नाममा ४७ देशमा ट्रेडमार्क दर्ताः संघ

तीन वर्षअघि सन्चालन गरेको ‘पेट्स’ परियोजनाको प्रतिवेदन सार्वजनिक गर्न संघले राजधानीमा गरेको कार्यक्रममा च्याङ्ग्रा पश्मिनाको नामबाट ४७ देशमा ‘ट्रेडमार्क’ दर्ता गराएको जानकारी गराइएको हो ।

यो परियोजनाले पश्मिनाको उत्पादन विविधिकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको संघले जनाएको छ ।

नेपालको पश्मिना उद्योगमा ५ अर्ब रुपैयाँ बराबरको लगानी रहेको संघले जनाएको छ । पश्मिना उद्योगले २५ हजारलाई प्रत्यक्ष एवं १ लाखभन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको संघले जनाएको छ ।

कार्यक्रममा च्याङ्ग्रा पश्मिनाबाट बनाइएको उत्पादनको प्रबद्र्धन गर्न ‘फेशन शो’ पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्