२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साताको नेप्से धनात्मकमात्र रहेर थामियो


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा धनात्मकमात्र रहेर १५ सय १० मा थामियो । यस साता टेलिकम सूचीकृत अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । अन्य समूह ५२.५ अंकले बढेपछि साताको नेप्से धनात्मक रहन गएको हो ।

यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड एवं कारोबार भएको सेयर संख्याको आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमको आधारमा चिलिमे हाइड्रो पावर कम्पनीलाई स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल दुरसंचार कम्पनी, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।