
चाडपर्व मनाउन छाडेर कृषकहरु अलैंची टिप्ने र सुकाउने काममा तल्लिन हुन थालेका छन् । शहर बजार झरेकाहरु पनि अलैंची टिप्ने सिजन सुरु भएसँगै गाउँ फर्किएका छन् ।
सरकारी तथा गैरसकारी कार्यालयमा कार्यरत स्थानीय पनि बिदाको मौका छोपेर गाउँमा अलैंची टिप्ने र सुकाउने काममा ब्यस्त छन् ।
असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका किसानले तिहार अगावै सुकाएर बिक्रीका लागि बजार पुर्याउने योजना बनाएका छन् ।
पाकिसकेको अलैंची समयमा नटिपे विस्तारै ढुसी बढ्ने किसानहरु बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार लमजुङका करिब ९ सय ८६ हेक्टरमा अलैंची खेती गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्