
भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।
पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् ।
गत शुक्रबार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरु प्रान्तका रहेका छन् ।
पहिरोले झण्डै ४० हजार घरमा क्षती पुगको छ भने हनोइका साना घरहरु ध्वस्त भएका छन् ।
यस बर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको संख्या १६९ पुगेको छ । त्यसैगरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षती पुगेको कार्यालयले जनाएको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्