काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।
मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गरी आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिद सम्झौता भइसकेकाले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
उनले विमान खरिदका विषयमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेकाले त्यसले सत्यतथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गर्दै आफूले आयोगलाई पूर्णरुपमा सहयोग गर्ने बताए ।
मन्त्री अधिकारीले लेखा समितिले गठन गरेको उपसमितिले तथ्यमा आधारित नभई आफ्नो नामसमेत जोडेर प्रतिवेदन बुझाएको असन्तुष्टि व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्