३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बेनी अस्पतालको प्रभावकारी स्वास्थ्य सेवा


0
Shares

जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सन्चालनमा आएपछि बेनी अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

‘निक साइमन्स इस्टिच्युट’को सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सन्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा.धीरेन्द्रकुमार मल्लले बताए ।

उनले एपेन्डिसाइटिसको ३५, हाइड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको ६ ओटाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिए । अहिले पनि मासिक रुपमा ६० देखि ७० ओटासम्म हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्ने गरिएको छ भने हजारौँको सामान्यक शल्यक्रिया भइसकेको उनको भनाइ छ । रासस