११ असार २०८२, बुधबार | Wed Jun 25 2025


प्रदेश नम्बर ४ मा चुनावी रौनक बढ्यो (भिडियो)


0
Shares

प्रदेश नम्बर ४ को राजधानीका रुपमा मानिएको पोखरामा पनि चुनावको रौनक शुरु भइसकेको छ । दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन् ।

स्थानीय तहको मतपरिणामलाई विश्लेषण गर्दै दलहरु चुनावी जोडघटाउमा लागेका छन् । स्थानीय तह निर्वाचनमा पकड जमाएको नेपाली कांग्रेसले आगामी निर्वाचनमा पनि आफ्नो सशक्त उपस्थिति देखाउने प्रयास थालेको छ । एमाले–माओवादी केन्द्र र नयाँ शक्तिबीचको वाम गठबन्धनपछि यो क्षेत्र कांग्रेसका लागि विरासत जोगाउन ठूलो मेहनत गर्नुपर्ने देखिन्छ ।

गठबन्धनपछि वामपन्थी दलहरुबीच भने उत्साह छाएको छ । ४ नम्बर प्रदेशमा १८ वटा क्षेत्र छन् । जसमा प्रतिनिधिसभाका लागि १८ र प्रदेश सभाका लागि ३६ गरी कुल ५४ जना निर्वाचित हुनेछन् भने समानुपातिकतर्फ केन्द्रमा १२ र प्रदेशमा २४ गरी कुल ९० जना सांसद् रहनेछन् ।

ठूला दलका प्रमुख नेताहरु नै प्रदेश नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेका छन् । उम्मेदवारीको सिफारिसमा परेकाहरु टिकटका लागि नेता र मतदाताको घरदैलोमा धाउन थालेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्