
साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागिमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएको जनाएको छ ।
गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसमा परी मृत्यु भएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ ।
यहाँको नागरिक सुरक्षा सम्वन्धी निकायले आधिकारीक ट्विटर अकाउन्टमा आगलागी सम्वन्धी फोटोहरु रखेर मृत्यु हुनेको परिचय खुल्न नसकेको उल्लेख गरेको छ ।
आगलागी नियन्त्रणका लागि केही अग्नी नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्