
आठौं विश्व सम्मेलनका क्रममा नेपालमा आएका गैरआवासीय नेपाल संघका प्रतिनिधिहरुले गैरआवासीय नेपालीको धेरै माग सम्बोधनसमेत भएको बताए ।
संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीबाट अर्बौंको लगानी आएको बताए । यद्यपि, हालसम्म आएका लगानी धेरै नभएको भन्दै उनले लगानी बढ्दै जाने विश्वास व्यक्त गरे ।
संघका उपाध्यक्ष कुमार पन्तले लगानीको वातावरणका विषयमा अब सरकारलाई दोष दिन नमिल्ने बताए । उनले गैरआवासीय नेपालीको लगानीभन्दा नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको विश्वास दिलाउन गैरआवासीय नेपालीले लगानी गर्दै आएको बताए ।
संघका कोषाध्यक्ष हिक्मतबहादुर थापा पनि लगानी जुट्ने क्रममा रहेको बताउँछन् । उनले थप वातावरण बनाउन आवश्यक रहेको पनि बताए ।
केही वर्षअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययन अनुसार ३० अर्ब बराबर रुपैयाँ गैरआवासीय नेपालीको लगानी आएको छ । पछिल्लो समयमा लगानी खर्ब नाघेको गैरआवासीय नेपालीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्