
आयोगले विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समय तोकेको भएपनि ठूला दलहरु ढिला पुगेकाले अबेरसम्म सूची दर्ता गरिएको हो ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक सदस्यहरुको बन्द सूची बुझाउन प्रमुख दलहरु अबेर निर्वाचन आयोगमा पुगेका थिए ।
दिनभर आयोगका कर्मचारीहरु दलका प्रतिनिधिहरुलाई कुरेर बसे पनि नेताहरु निकै अबेर दलबलसहित आयोगमा पुगेपछि भिडभाड बढेको थियो । समानुपातिकको सूची मिलाउने क्रममा विवाद उत्पन्न भएका कारणले विलम्व भएको बताइएको छ ।
खसआर्य, जनजाति, महिला, दलित जस्ता कलस्टरहरु मिलाएर बुझाउनु पर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्