अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने • Image Khabar Image Khabar


अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने


Imagekhabar
३० आश्विन २०७४, सोमबार ०७:१३

अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने

आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन् ।

कुर्जको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ ।

कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन् ।

पूर्व विदेशमन्त्री रहेका कुर्जले सिथिल भइसकेको कन्जरभेटिभ पिपुल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पुनर्जीवन दिएका थिए ।

चुनाव प्रचारका क्रममा उहाँले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए ।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग उनले गठबन्धन गर्छन या गर्दैनन भन्ने एकीन भने भएको छैन ।

फ्रिडम पार्टीका नेताहरुले कुर्जले आफ्ना नीतिहरु चोरेको भन्ने आरोप लगाएका छन् ।

दोस्रो स्थानमा सोसियल डेमोक्याटिक्स पार्टी वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भने भइसकेको छैन ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्